काठमाण्डु – पछिल्लो समय राष्ट्रिय सरोकारको विषय हो– एमसीसी । २०७४ सालमा नेपाल र अमेरिकाबीच हस्ताक्षर भएको एमसीसी अनुमोदनका लागि भन्दै २०७६ साल असारमा संसदमा दर्ता भएको थियो । हालसम्म पनि विरोध र समर्थनको बहसमै अल्झिएको छ । ५० अर्ब रुपैयाँभन्दा बढी रकमको पाँच वर्षे एमसीसी सम्झौताबारे जनस्तरदेखि राजनीतिक दलसम्म अलमल र अन्यौल देखिएको छ…