१५ दिनकाे निषेधाज्ञा लम्ब्याउने सरकारको तयारी

काठमाण्डु – सरकारले निषेधाज्ञा लम्ब्याउने संकेत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरसको संक्रमण बढेको खण्डमा निषेधाज्ञा बढाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता पार्वत गुरुङले वैशाख १६ गतेबाट १५ दिनका लागि गरिएको निषेधाज्ञा बढाउन सकिने बताएका छन् । उनले संक्रमणको अवस्थालाई हेरेर निषेधाज्ञा बढ्ने बताएका हुन् ।