तनहुँमा चुनावी गठबन्धन गर्न कार्यदल बनाइने

तनहुँ - स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरुको सोमबार बसेको बैठकले आवश्यकता परेको खण्डमा वडास्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन् ।…