काठमाण्डु - जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । कोरोना भाइरस नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई उक्त डोज खोप सहयोग गरेको हो । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरिएको जनाइएकाे छ…