काठमाण्डु – सरकारले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ । बिहीबार बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने भएको हो । आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि संसद्मा छलफल प्रारम्भ गरियोस् भन्ने…