एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारलाई निर्देशन

काठमाण्डु – संसदको शिक्षा तथा स्वास्थ्य समितिले समयमै पाठ्यपुस्तक विद्यार्थीको पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन एक महिनाभित्र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो । समिति सभापति जयपुरी घर्तीले शैक्षिक सत्र सुरु भइसक्दा पनि विद्यार्थीहरुले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन…