राष्ट्रिय मान्यता नपाएका ७३ दलले आफ्नै चुनाव चिह्न पाउने

काठमाण्डु - निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका ७३ साना दललाई उनीहरुको आफ्नै दलको चुनाव चिह्न उपलब्ध गराउने भएको छ । आइतबार बसेको आयोगको बैठकले दलहरुले बुझाएको विवरणको आधारमा उनीहरुलाई आफ्नै चुनाव चिह्न उपलब्ध गराउने निर्णय गरेको हो । राष्ट्रिय मान्यता नपाएका दलहरूलाई उनीहरुको संगठन रहेको जिल्लाको विवरण बुझाउन गत चैत ६ गतेसम्म समय दिइएको थियो…