चाउचाउ उद्योगमा लागेको आगो अझै पूर्ण नियन्त्रणमा आएन

झापा - झापाको मेचीनगरस्थित एक चाउचाउ उद्योगमा लागेको आगो १३ घण्टामा पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर-१४ दुहागढीस्थित मनसा फुडको मगमग चाउचाउमा बिहान साढे ४ बजेदेखि लागेको आगो आंशिक रूपमा नियन्त्रणमा आए पनि पूर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन । झापा, मोरङ, सुनसरी र इलामका १५ वटा दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली…