अभ्यास सिरिजमा नेपाल ‘ए’लाई टी–२० सिरिजको उपाधि

काठमाण्डु – आसाम प्रदेश क्रिकेट संघ विरुद्धको टी–२० अभ्यास सिरिज नेपालले जितेको छ । भारतको गुवाहटीमा सोमबार भएको सिरिजको पाँचौं तथा अन्तिम खेलमा नेपालले आसामलाई ४४ रनले हराउँदै सिरिज ३–२ ले जितेको हो । जीतका लागि नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको घरेलु टोली आसाम निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६४ रनमा समेटिएको थियो…