जनगणनाकाे मूल गणना आजदेखि, राष्ट्रपतिबाट तथ्यांक संकलन गरेर सुरुवात गरिँदै

काठमाण्डु -  नेपालमा १२औँ राष्ट्रिय जनगणनाकाे मूल गणना आज (बिहीबार)बाट सुरु हुँदैछ । बिहीबार बिहान ९ बजेपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय तथ्यांक संकलन कार्यक्रमको सुरुवात हुनेछ । त्यससँगै उपराष्ट्रपति र प्रधानमन्त्रीसहित देशैभर जनगणना सुरु गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए । नेपालमा हरेक १० वर्षमा राष्ट्रिय जनगणना हुन्छ । तर, यो पटक कोरोनाका कारण…