काठमाण्डु - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्याय सेवा आयोगको बैठक बोलाएका छन् । नेपाल बार एसोसियसनको लगातारको आन्दोलनका बीच प्रधानन्यायाधीशले बोलाएको यो दोस्रो बैठक हो । यसअघि ६ पुसमा बोलाइएको बैठक बस्दैनबसी स्थगित भएको थियो । तर, नेपाल बारको असहमतिका बाबजुत प्रधानन्यायाधीश राणाले आज दिउँसो २ बजेका लागि बैठक बोलाएका हुन् । प्रधानन्यायाधीश अध्यक्ष रहने…