घातक धुवाँले काठमाण्डु दिउँसै अन्धकार, दुई दिनदेखि उडान प्रभावित

काठमाण्डु – धुवाँ धुलोको कारण अहिले काठमाण्डु विश्वको सर्वाधिक प्रदूषित सहर बनेको छ । विश्व स्वास्थ्य सङ्गठनले वायुको गुणस्तर सूचकाङ्क एक्यूआई ३०० भन्दा बढी हुनुलाई घातक मान्दछ । तर उपत्यकाको वायु प्रदूषण एक्युआई ४७० रेकर्ड भएको छ । शुक्रवार मध्यान्हपछि उपत्यकाको वायुमण्डल एकाएक धमिलो हुन थालेको थियो । यो क्रम शनिवार आज पनि रोकिएको छैन…