रुपन्देही - ज्योति विकास बैंकद्वारा अमुवा बजारमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात भएकाे छ । बिहीबार ज्योति विकास बैंकले रुपन्देही जिल्लाको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवाको सुरुवात गरेकाे हाे। अमुवा बजारलाई स्मार्ट बनाउने र नगद रहित कारोबारलाई प्रर्वद्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० भन्दाबढी क्यूआर कोड वितरण गरेको छ।…