दमौली - तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा आइतबार बिहान आगलागीको घटनाप्रति श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दुःख व्यक्त गरेका छन् । आगलागी भएको केही समयपछि आगो निभाउन सिम्रिक एयरको हेलिकप्टरबाट दमौली आइपुगेका मन्त्री श्रेष्ठले पीडितलाई भेटी दुःख व्यक्त गरेका हुन् । मन्त्री श्रेष्ठले पीडित परिवारलाई सरकारका तर्फबाट उचित क्षतिपूर्ति दिइने प्रतिबद्धता व्यक्त…