काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सभा, जुलुस लगायत भीडभाड नगर्न आग्रह गरेको छ । आइतबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारत लगायत छिमेकी मुलुकमा कोरोना भाइरस बढ्दै गइरहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । साथै मन्त्रालयले विगतमा कोरोना महामारीको समयमा मन्त्रलायले जारी गरेको अन्य जनस्वास्थ्यका मापदण्डहरु अपनाउन निर्देशन…