राष्ट्रपतिद्वारा १२ जना कैदीलाई आममाफी घोषणा

काठमाण्डु - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको सजाय माफी गरेकी छन् । नेपालको संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट आङनिमा शेर्पासमेतका १२ जनाको सजाय माफी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।