काठमाण्डु – बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न भएको भन्दै एक जनाविरुद्ध प्रहरीमा जाहेरी परेको छ । सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले भागरथीका दाई शंकर भट्टले छिमेकी १६ वर्षीय दिनेश भट्टविरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । उनले भागरथीको हत्यामा अन्य व्यक्ति संलग्न…