पशुपतिनाथ मन्दिर खुला भएसँगै भक्तजनको भीड

काठमाण्डु - कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुको माघ २३ गतेको आदेश अनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए…