काठमाण्डु – सरकारले १८ वर्षभन्दा माथिका सबैलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै खोपको पूरा मात्रा लगाएको ६ महिना पुगेका १८ वर्ष र त्यसभन्दा माथिका सबैलाई बुस्टर लगाउने निर्णय भएको जानकारी दिएको हो । कोभिड–१९ बाट संक्रमण भएका व्यक्तिलाई संक्रमणमुक्त भएको १ महिनापछि…