नेपाल–चीन सीमा विवाद : लिमी लाप्चामा अध्ययन गरेर हिल्सा पुग्यो समिति

सिमकोट – नेपाल–चीन सीमा अध्ययन गर्न गृह मन्त्रालय टोलीले लिमी लाप्चा क्षेत्रमा रहेका सीमास्तम्भको अध्ययन गरेर हिल्सा पुगेको छ । सदरमुकाम सिमकोटदेखि लाप्चासम्म गाडीमा पुगेको टोली ४ दिन पैदल हिँडेर झन्डै ५ हजार मिटरको उचाइमा रहेको हिल्सा पुगेको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । नाम्खा गाउँपालिका वडा ६ लिमी लाप्चामा रहेको १२ नम्बर…