पोखरा – तत्कालीन रसियन नागरिक नतासालाई पर्यटनले पोखरा तान्यो । नेपालमै बिहे गरिन्, यतै पर्यटक तान्ने गतिविधि गर्न थालिन् ।पहिलो पटक सन् १९९६ मा उनले पोखरामा एभिया क्लब जन्माइन् र अल्ट्रालाइटमार्फत पर्यटकले आकाशबाट पोखरा घुम्न पाउने भए । अहिले पोखरामा तीनवटा अल्ट्रालाइट कम्पनी सञ्चालनमा छन् । विगत पाँच वर्षदेखि जाइरोकोप्टर पनि उड्न थालेको छ ।…