सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै

काठमाण्डु – सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन अन्त्य भएकाे झण्डै ६ महिनापछि आजबाट सातौँ तथा हिउँदे अधिवेशन सुरु हुन लागेको हो । प्रदेश सभाको छैटौं अधिवेशन गत जेठ १३ गते सुरु भएर भदौ ३१ गते सकिएको थियो । छैटौँ अधिवेशनसम्म प्रदेशसभामा दर्ता भएका ४४ विधेयकमध्ये ४२ विधेयक पारित…