काठमाण्डु – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा बहसको समय छोट्याएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा बहस लम्बिएपछि बुधबार १०औं दिनको बहस सकिँदै गर्दा प्रधानन्यायाधीश राणाले अब १५ मिनेट मात्र बहस गर्न समय निर्धारण गरेका हुन् । उनले अहिलेकै अवस्थाले मुद्दा टुंगिन लामो समय लाग्ने भन्दै बढीमा १५ मिनेट…