२ लाख ५ हजारबाट उकालो लाग्यो सुन, चाँदीको भाउले पनि राख्यो नयाँ रेकर्ड

काठमाण्डु- सोमबार पनि सुनको भाउले नयाँ रेकर्ड राखेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ प्रतितोला १७ सय रुपैयाँले बढेको हो । हिजो २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हालसम्मकै उच्च हो…