काठमाण्डु– प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूको चुनावी गतिविधि तीव्र बन्दै गएको छ । निर्वाचन आयोगले आगामी १८ गतेसम्म आचारसंहिता पालना गर्दै प्रचार–प्रसार गर्न समयसीमा तोकेको भएपनि झापा क्षेत्र नम्बर–५ मा भने आचारसंहिता उल्लंघनको आरोपसहित विवाद चर्किएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार बिहानदेखि झापा–५ क्षेत्रमा मतदाता भेटघाटमा सक्रिय रहेका…