काठमाण्डु – परराष्ट्र मन्त्रालयले विभिन्न देशका राजदूत फिर्ता बोलाउने तयारी भइरहेको समाचारको खण्डन गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै त्यससम्बन्धि कुनै तयारी नरहेको प्रष्ट पारेको हो । नेकपा विभाजनपछि प्रचण्ड–माधव नेपाल निकट राजदूतहरुलाई फिर्ता बोलाउने तयारी भइरहेको समाचार सार्वजनिक भएको थियो । परराष्ट्रले ती समाचारमा कुनै सत्यता नभएको जानकारी दिँदै त्यस्ता सम्बेदनशिल…