काठमाण्डु – लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा अग्रवाललाई वीरगञ्जबाट पक्राउ गरेको हो । सुशीला गोयलका नाममा दर्ता भएको उक्त चिनी मिलको सबै कारोबार अग्रवालले हेर्दै आएको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दीपक थापाले जानकराी दिए ।…