सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगले प्रेस काउन्सिललाई पठायो पत्र

काठमाण्डु– आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले ‘सेतोपाटी अनलाइन’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार गरेको छ। निर्वाचन आचारसंहिता विपरीत गएर समाचार प्रकाशन गरेको भन्दै आयोगले सोमबार सेतोपाटीलाई कारबाही गर्न पत्राचार गरेको हो। उक्त अनलाइनले आइतबार चुनाव विश्लेषण भन्दै चितवन ३ मा ‘सोविता गौतमले जित्नेछिन् निर्वाचनःरेणु दाहाल दोस्रो’ भनेर समाचार प्रकाशन गरेको थियो । उक्त समाचारलाई…