सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्रै मित्रवत प्रतिस्पर्धा गर्ने

काठमाण्डु- सत्तारुढ दलहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहमति बन्न नसकेको अवस्थामा पाँच दलीय गठबन्धन भित्र मित्रवत प्रतिस्पर्धा गर्ने जनाएका छन् । पाँच दलले बुधबार ६ वटा महानगरपालिका र ११ वटा उप-महानगरपालिकामा भागबण्डा मिलाई जारी गरेको विज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता…