काठमाण्डु – नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत बेरीले बिहीबार बिहान देउवा निवास बुढानिलकण्ठ पुगेर शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र सहयोग सम्बन्धी छलफल भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । कांग्रेस सभापति देउवालाई मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकी…