काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका छन् । आज दिउँसो नेता नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हनु आग्रह गरेका हुन् । स्रोतका अनुसार आजको भेटमा प्रचण्डले मन्त्रिपरिषद विस्तारको विषयमा पनि नेपालसँग छलफल गरेका छन् ।…