काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने बताएका छन् । नेताहरुले पार्टीका बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्न आग्रह गरेपछि सभापति देउवाले अबदेखि बैठक पार्टी कार्यालयमै राख्ने बताएका हुन् । कांग्रेसका युवा नेता गगन थापाले सामाजिक सञ्जालमार्फत अब देखि पार्टीका बैठक सरकारी निवासमा नराख्ने प्रधानमन्त्रीले विश्वास दिलाएको जानकारी दिएका छन् ।…