जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ - सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका हुन् । मध्यबर्खामा झण्डै चार हजार मिटर माथिको उचाइमा पर्ने विभिन्न खर्कमा भेडा गोठ राखेका भक्तबहादुर कात्तिकपछि क्रमशः औलतर्फ झर्दै मङ्सिर लागेसँगै २०० बढी भेडाको बथानसहित गाउँघरमै आइपुगेका हुन् । “याम्फुदिन,…