काठमाण्डु – राष्ट्रिय वाणिज्य बैंकले संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवलाई आर्थिक सहयोग गरेको छ । आईतबार एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र बलियो नेपाल न्यूट्रिशन ईनिशियटिवका प्रमुख कार्यकारी अधिकृत डा.अतुल उपाध्यायबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो । सहयोग अन्तर्गत बर्दिया, कपिलबस्तु र नवलपरासी पश्चिमका क्षेत्रका विजयपुर, पालिनन्दन, प्रतापपुर र सुस्ता…