भारतीय विदेश सचिवको भ्रमणः नेपालसँगको सम्बन्धमा कस्तो प्रभाव पार्छ ?

काठमाण्डु – सुगौली सन्धिअनुसार लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको आफ्नो भूभागलाई समेटेर नेपालले नयाँ राजनीतिक एवं प्रशासनिक नक्शा प्रकाशन गरेपछि केही चिसिएको नेपाल–भारत सम्बन्ध बिहीबारदेखि हुने भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको भ्रमणबाट पुनः हार्दिकतातर्फ फर्कने अपेक्षा दुवै देशका नागरिकले गरेका छन् । सामारिक महत्वको नेपाली भूमि कालापानी क्षेत्रलाई छ दशकदेखि आफ्नो स्वामित्व दावी गर्दै आएको भारतले…