कोरोना सङ्क्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु

विराटनगर - विराटनगरमा आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका– ९ का ३८ वर्षीय पुरुषको मृत्यु भएको हो । श्वास प्रश्वासमा समस्या देखिएपछि कात्तिक ४ गते अस्पताल भर्ना भएकी ती महिलामा सोही दिन कोरोना पुष्टि भएको थियो…