काठमाण्डु – रौतहटका विभिन्न मतदान केन्द्रका मतपेटिका लुटिएको छ । मतदानको समय सकिएपछि जिल्लाका विभिन्न स्थानमा रहेका मतपेटिका लुटिएको र आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार बोधीमाई नगरपालिका वडा नं. २ मा तीन मतपेटिका लुटिएको र ती मतपेटिकामा आगजनी गरिएको छ । सो घटनामा एक जना प्रहरी पनि घाइते भएको…