कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

काठमाण्डु - नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाण्डु आइपुगेका छन् । नवनियुक्त चिनियाँ राजदूत माओमिङ कार्यभार सम्हाल्न शुक्रबार काठमाण्डु आइपुगेका हुन् । चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको शुरुमा राजदूत नियुक्त भएका थिए । नेपाल आएलगत्तै राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने छन् । चाङ नेपाली…