इटालीविरुद्ध नेपालको १२४ रनको लक्ष्य

काठमाण्डु – आईसीसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध नेपालले १२४ रनको लक्ष्य पेश गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा अलआउट हुँदै १२३ रन बनाएको हो । खेलको सुरुआती चरणमा लय समातेको नेपाली टोली अन्तिमतिर कमजोर प्रदर्शन गर्दा सस्तैमा समेटिएको छ । अब नेपालविरुद्ध इटालीले ब्याटिङ गर्नेछ ।