त्रिभुवन विमानस्थलमा एक महिने निषेधाज्ञा जारी, ५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हाताभित्र एक महिने निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुले सूचना जारी गर्दै निषेधाज्ञा जारी गरिएको जनाएको हो । विमानस्थल र आसपासको क्षेत्रमा फागुन १ गते भेलाजम्मा र ऱ्यालीजस्ता गतिविधि गर्ने भनी केही समूह तथा राजनीतिक दलबाट जारी भएको विज्ञप्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञा जारी गरिएको सूचनामा…