काठमाण्डु - प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनमा १६५ वटै स्थानमा उम्मेदवारी दिने एकमात्र पार्टी नेपाली कांग्रेस बनेको छ ।प्रतिनिधिसभा सदस्यको निर्वाचन फागुन २१ गते हुँदैछ । निर्वाचन आयोगका अनुसार कांग्रेस बाहेक कुनै पनि दलले १६५ वटा स्थानमा उम्मेदवारी दिएको छैन । यसपटकको निर्वाचनमा स्वतन्त्र उमेदवारहरुको संख्या उल्लेख्य छ । सांसद बन्ने आकांक्षा राख्दै एक हजार १४३…