जडिबुटीमा बससँग स्कुटर ठोकिँदा दुई जनाको मृत्यु

काठमाण्डु - काठमाण्डुको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोकिँदा दुई युवकको मृत्यु भएको छ। काठमाण्डु महानगरपालिका–३२ जडिबुटी आकाशेपुल नजिकै रोकिएको बा .प्र. ०१-००६ ख ४२४३ नम्बरको अरनिको यातायातको बसको पछाडि शुक्रबार बिहान कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु.४३ प ४९३८ नम्बरको स्कुटर बसको पछाडि ठोकिँदा दुई युवकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी अपिलराज बोहोराले जानकारी…