किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताचो राई चयन (सूचीसहित)

काठमाण्डु – किरात राईहरुको साझा संस्था किरात राई यायोक्खाको अध्यक्षमा जीवन हाताछो राई चयन भएका छन् । किरात राई यायोक्खाको बुधबार विहान सम्पन्न ११ औं राष्ट्रिय महाधिवेशनले राईको नेतृत्वमा २७ पदाधिकारी सहित ५५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । राजनीतिशास्त्रमा विद्यावारिधि गरिरहेका अध्यक्ष राईले यसअघि यायोक्खाको महासचिव र उपाध्यक्षको जिम्मेवारी सम्हाली सकेका छन् ।…