प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने

काठमाण्डु - प्रतिनिधिसभाको बैठक दुई दिनपछि सरेको छ । यसअघि ९ कात्तिकमा बोलाइएको बैठक विशेष कारणवश ११ कात्तिक दिउँसो २ बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद्का महासचिव डा.भरतराज गौतमले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको बैठक ११ कात्तिकमा बस्ने जानकारी दिएका हुन् ।