सुर्खेत - कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठ वटा जिल्लामा भागबण्डा टुंगो लगाएको छ । अझैँ दुई जिल्लामा सहमति हुन सकेको छैन । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवार बाँडफाँटको टुंगो लगाएको हो । रुकुम पश्चिम र सुर्खेतको विषयमा कुरा मिलाउनका लागि कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र माओवादीका प्रभावशाली नेता जनार्दन शर्माबीच वार्ता…