झण्डै सात खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

रमेश लम्साल/काठमाण्डु -  ‘नेपाल विद्युत प्राधिकरणले इञ्जिनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्‍यो। संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्कें। आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो। यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु’, कुरा सुरू गर्दै प्रबन्ध सञ्चालक हितेन्द्रदेव शाक्यले भने। प्राधिकरणभित्र विशेषगरी प्राविधिक क्षेत्रमा अब्बल ठहरिएका र वरिष्ठ उपकार्यकारी…