दाङ – प्रदेश ५ को सरकारले स्थायी राजधानी टुङ्गो लगाउने प्रक्रिया अघि बढाएसँगै जग्गा किनबेच र कित्ताकाटमा रोक लगाइएको छ । दाङको भालुवाङलाई स्थायी राजधानी तोक्ने प्रक्रिया अगाडि बढाएसँगै सो क्षेत्रको जग्गा खरिद बिक्री र कित्ताकाटमा रोक लगाइएको हो । प्रदेश ५ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मालपोत कार्यालय दाङ र अर्घाखाँचीलाई पत्राचार गर्दै भालुवाङ वरपरका…