ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन, शिक्षकको काँधमा वडा सचिवको जिम्मेवारी !

दिलकुमार लिम्बु ताप्लेजुङ – ताप्लेजुङका ६ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेका छन् । फक्ताङलुङ गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख दिनेश भट्टराईले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेको पाँच महिना भयो । प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठको सरुवा भएसँगै गाउँपालिका निमित्तको भरमा छ । मिक्खोला गाउँपालिकाका पनि स्वास्थ्य शाखा प्रमुख ललित नारायण यादवको भरमा छ ।…