बसन्तपुर क्षेत्रमा छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

काठमाण्डु - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन् । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमन देखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन् । इन्द्रजात्राको तयारीबारे…