पोखरा – नतिजामा असन्तुष्टि जनाउँदै मंसिर १९ देखि आन्दोलनरत विद्यार्थीले आन्दोलन स्थगित गरेका छन् । आन्दोलनरत विद्यार्थी र परीक्षा व्यवस्थापन बोर्डबीच उत्तरपुस्तिका पुनः परीक्षण गर्ने सहमतिपछि आन्दोलन स्थगित गरिएको हो । सहमति अनुसार १५ दिनभित्रै नतिजा सार्वजनिक गर्ने बताइएको छ । आन्दोलनका क्रममा प्रहरी हस्तक्षेपका कारण घाइते विद्यार्थीको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ…